लिलाकान्त यादव
राजविराज, ०८ साउन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा नगरका विद्यालय कर्मचारी र वालविकास शिक्षकले धर्नामा बसेका थिए।
नगरपालिकाले नगरका विद्यालयहरूमा कार्यरत विद्यालय कर्मचारी र वालविकास शिक्षकलाई गत आर्थिक वर्षको दुई त्रैमासिकको तलव नदिएपछि सो तलव माग गर्दा आलटाल गर्दै आएको विरुद्ध धर्नामा बसेका हुन्।
सोमबार विहान १० बजेदेखि बेलुका ४ बजेसम्म बसेको धर्ना विना निष्कर्ष आजलाई स्थगित भोलि विहान बाट पूनः धर्ना कार्यक्रम गर्ने वालविकास शिक्षक प्रियंका झाले जानकारी दिनुभयो।
संघर्ष समितिका अध्यक्ष विद्यालय कर्मचारी इन्द्र नारायण राउतले नेतृत्व गरेको सो धर्ना कार्यक्रमा ५७ जना वालविकास शिक्षक र विद्यालय कर्मचारी सहभागी भएका थिए।
नगरका शिक्षा शाखा अधिकृत हरि नारायण शाहले विना कारण शिक्षक तथा कर्मचारीको हाजिरी काटेर दैनिकी तलव कटौती गर्ने र लामो समयसम्म तलव नदिने विरुद्ध धर्नामा बसेका थिए।