लिलाकान्त यादव,
राजविराज, ०३ साउन ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाका कर्मचारी तथा विषयले नेपाल विद्यालय कर्मचारी परिषद तथा बाल शिक्षक संरक्षण संघर्ष समितिले कडा संघर्ष गरिने भएको छ ।
बुधवार सप्तरीको हनुमाननगर कंकालिनी नपाको हनुमाननगर स्थित महाबिर माध्यमिक विद्यालयमा सो संघर्ष समिति द्वारा आयोजित एक कार्यक्रमले जनाएको हो ।
हनुमाननगर कंकालिनी नपाका शिक्षा शाखा अधिकृत हरि नारायण साहले नगरका सम्पूर्ण बालशिक्षक तथा विद्यालय कर्मचारीहरुलाई तलब नदिएको हुदा यस अघि पनि नगरको कार्यपालिकाको कार्यालयमा धर्ना दिएको भएपनि आषाढ मसान्त नाघी सक्दा पनि विद्यालय कर्मचारी तथा बाल शिक्षकहरु तलबबाट बंचित हुनु पर्दा पूनः कडा रुपमा आन्दोलन गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथिको आसनबाट नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादवले बोल्नु हुदै केही वर्ष पूर्व यस नगरको कतिपय शैक्षणिक कार्यक्रमहरुमा आउँदा शिक्षकहरुलाई सम्मान गर्न विभिन्न प्रकारको पुरस्कार नगर पालिका द्वारा प्रदान गरिन्थ्यो भने आज शैक्षणिक पेशामा अहोरात्र काम गर्नेहरुको तलब नदिएको खबरले दुःख भएको बताउनु भयो ।
नेपाल विद्यालय कर्मचारी परिषदका नगर अध्यक्ष इन्द्र नारायण राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष नारायण यादव, बाल विकास शिक्षकका जिल्ला अध्यक्ष सुनिता नेपाल राष्ट्रिय शिक्षा संगठनका जिल्ला अध्यक्ष बेजनाथ यादव, नेपाल राहत शिक्षक मधेश प्रदेश अध्यक्ष गंगा प्रसाद यादव, नेपाल विद्यालय कर्मचारी परिषदका जिल्ला अध्यक्ष पुलकित यादव, बाल शिक्षक संघर्ष समितिका नगर संयोजक प्रियंका झाले आ–आप्mना विचार राखेका थिए ।
नेपाल शिक्षक संघका सप्तरी जिल्ला सचिव राजदेव यादवले कार्यक्रम संचालन गरिएको कार्यक्रममा शिक्षक ओमप्रकाश रजकले नगरका मेयर तथा शिक्षा शाखा अधिकृत (वि.नी) द्वारा अनगमनको नाममा शिक्षकहरुलाई मानसिक रुपमा डर त्रास दिने कार्यहरु रहदा अब विनीको तानासाही विरुद्ध लडनु पर्ने बताउनु भयो ।
नगरका विद्यालय कर्मचारी तथा बाल शिक्षिकाहरुले खचाखच भरिएको कार्यक्रममा कार्यालय सहयोगी इन्द्र नारायण राउतले विदाको आवेदन दिए पश्चात वि.नीले उक्त दिनेको तलब रोका गरिएको बि.नी हरी नारायण साहको हैकम बादी प्रवृतिको पहिचान भएकोले यस विरुद्ध हामी सबैले एकजुट भई लडनु पर्ने बताउनु भयो ।
अगामी आन्दोलनका कार्यक्रमका लागि भोली गृह कार्य गरी कडा आन्दोलनमा जाने बाल विकास शिक्षिका प्रियंका झाले बताउनु भयो ।