लिलाकान्त यादव,
राजविराज, ०७ फाल्गुन ।
सप्तरीमा आगलागीबाट एक महिला घाइते भएकी छिन् । राजविराज– १३, स्थित भेल्ही पिपराहीमा खाना बनाउँदै गर्दा एक महिला जलेर घाइते भएकी छिन् ।
आइतबार बिहान करिब ११ बजेको समयमा राजबिराज नगरपालिका १३ भेल्ही पिपराही बस्ने जितेन्द्र यादबको श्रीमती २५ वर्षीया द्रोपती देवी यादव जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
त्यसपछि उनलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल लगिएकोमा अहिले उपचार भइरहेको छ ।
ढाड मुनिको भाग मात्र जलेकाले उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जानकारी दिएको छ ।