लिलाकान्त यादव,
राजविराज, ०८ मंसिर ।
सप्तरी क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा जसपाका नवल किशोर साह विजयी हुनु भएको छ । प्रदेश सभामा १ को ‘क’ मा एमालेका राजकुमार लेखी साह र ‘ख’ मा जनमतका शकिल मियाँ विजय भएका छन् ।
२३ हजार पाँच सय ६४ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ मत ल्याउनु भएको छ ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार साहले २३ हजार पाँच सय ६४ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ मत ल्याउनुभएको छ । साह ३ हजार पाँच सय ७२ बढी मतले विजयी भएका छन् ।
यसैगरी क्षेत्र नं. १ को ‘क’ मा नेकपा एमालेका राज कुमार लेखीले १४ हजार २ सय ९१ मत ल्याई विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका शिवनन्दन मेहताले ९०९३ मत प्राप्त गर्नुभएको छ । यी दुईको मतान्तर ५ हजार १सय ९८ मत रहेको छ ।
यसरी नै क्षेत्र नं. १ को ‘क’ मा जनमत पार्टीका शकिल मियाँले १६ हजार १ सय ५५ मत ल्याई विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्दी जसपाका सुदम्वर यादवले ९ हजार ८ सय ८८ मत प्राप्त गर्नु भएको छ । यी दुईको मतान्तर ६ हजार २ सय ६७ मत रहेको छ ।