लिलाकान्त यादव,
राजविराज ३० चैत्र ।
सप्तरीको डाक्नेश्वरी नपाका जनताहरु नगरका कामकाज प्रति असन्तुष्ट भई आन्दोलनमा उत्रेका छन् ।
नगरका दुई सय भन्दा वढी जनताहरुले नपाको कार्यालयलाई सोमवार घेराउ गर्दै आर्थिक वर्ष २०७६।०७७ देखि हालसम्मको विभिन्न योजनाहरुको नाम, उपभोक्ता समिति सहितका विवरण लगायत कोरोना महामारीको समयमा संघ, प्रदेश तथा नगर द्वारा गरिएको खर्च विवरण सहित निवेदन द्वारा माँग गरिएको हो ।
रामनारायण मुखिया, नन्दकिशोर चौधरी, सिताराम पण्डित लगायत ४४ जनाको हस्ताक्षर भएको सो निवेदनमा हालमा तर्जुमा गरेका योजनाहरुको नाम गोप्य प्रक्रियाबाट उपभोक्ता समिति गठन गरिएकोलाई बदर गरी सुचना सार्वजानिक पारदर्शीता अपनाउन समेत माँग गरिएको छ ।