लिलाकान्त यादव,
राजविराज, १५ कार्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी एमाले र जनता समाजवादी पार्टी नेपाल बिच भएको चुनावी गठबन्धनको आधारमा गठबन्धनको उम्मेदवारलाई भारी मतले विजयी गराउन सबैले निसंकोच मतदान गर्न एमालेका नेता सुमनराज प्याकुरेल ले आग्रह गर्नुभएको छ।
मंगलबार सप्तरीको सप्तकोशी नगरपालिका –०२ मा जसपा–एमालेका संयुक्त वैठकमा नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले सो आग्रह गर्नुभएको हो।
वहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली र उपेन्द्र यादवविच भएको सहमति अनुसार जसपा–एमालेका संयुक्त उम्मेदवारलाई मतदान गरि सघाउन सबैसँग आग्रह गर्दै यस पल्ट देशमा पूनः एमालेको सरकार बनाउन सबैले गठबन्धनको उम्मेदवारलाई मतदान गर्नु आवश्यक भएको बताउनुभयो।
कार्यक्रममा सप्तरी १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नवलकिशोर साह,सप्तरी १ क का प्रदेश सभा सदस्यका उम्मेदवार राजकुमार लेखी,एमाले नेता दिवाकर देवकोटा लगायतका नेताहरुको उपस्थिति रहेको थियोे ।