ईमधेश न्यूज सम्वाददाता,
राजविराज, ०६ कार्तिक ।
सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरी द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा लोसपाको केन्द्रिय नेता शैलेश कुमार चौधरी आफ्नो पुरानो घर जसपामा प्रवेश गर्नु भयो ।
त्यस्तै लोसपाको केन्द्रिय नेता मधेस बाहिनी रक्षा दलको पुर्ब अध्यक्ष बिनोद यादव , लोसपा केन्द्रिय सदस्य पुनम यादव , सप्तरी उधोग बाणिज्य संघको पुर्ब उपाध्यक्ष तथा राजबिराजको प्रतिष्ठत ब्यापारी शंकर दास, नेकपा एसको प्रदेश सचिवालय सदस्य अरुण देब लगायत सप्तरीको चिरपरिचित ब्यक्तिहरु पार्टी प्रवेश गरेको छ ।
नव प्रबेशीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव , नेता राजबाबु, प्रबक्ता मनिष सुमन लगायतले फुल माला अवीर लगाएर स्वागत गरेको छ।
पार्टी प्रवेश कार्यक्रम केन्द्रिय अध्यक्ष उपेन्द्र यादवज्यूको प्रमुख आतिथ्यमा र जसपा नेपाल सप्तरीको अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षता लगायत जसपा सप्तरीको नेतागण तथा कार्यकर्ताहरुको उपस्थित रहेकोे थियो ।