मधेश न्यूज सम्वाददाता,
राजविराज, ०५ कार्तिक ।
सप्तरीको कंचनरुप नपाको वलुवा स्थित नेपाल मुस्लिम ईतेहाद संगठनद्वारा आयोजित मुस्लिम अगुवा नेता कार्यकर्ताहरुको भेलामा एमाले पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले मंसिर ४ मा सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा जसपा–एमालेका संयुक्त उम्मेदवारलाई मतदान गरी विजय वनाउन आग्रह गर्नु भएका छन ।
उहाँले अवको निकास जसपा–एमालेद्वारा नै हुने भएकोले प्रदेश तथा केन्द्रमा जसपा–एमालेको तालमेलमा सरकार गठनका लागि सवै लाग्नुपर्ने वताए । प्याकुरेलले उहाको विरुद्धमा भएको अनर्गल प्रचार गलत भएकोले यसमा सत्यता नभएको वरु तालमेलको पक्षमा आफू चट्टान जस्तो अडिक रहने वताउन हुदै राजनितीमा पार्टी नै परिवार रहेकोले डा. रोहित पोखरेलसंग सुमनको नाम नजोडन आग्रह समेत गर्नुभएको छ । उहाले रोहित पोखरेलसंग पारिवारिक सम्बन्ध रहेपनि आफू र एमाले पार्टी उहालाई सहयोग नगर्ने वताए ।
कार्यक्रममा सप्तरी १ का प्रतिनिधि सभा सदस्य नवलकिशोर साह,नेकपा एकालेका केन्द्रीय सदस्य दिवाकर देवकोटा,पुर्व मेयरहरु वसन्त मिश्र,उतम गौतम,मेयरका प्रत्याशी मो. कलिम लगायतका सप्तरी १ का अगुवा नेता तथा अगुवाहरू उपस्थिती रहेको थियो ।