लिलाकान्त यादव,
राजविराज, २८ भाद्र ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदह स्थित इलाका प्रहरी कार्यालयमा मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय भारदहका नवआगन्तुक कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक गोकुल बलायरले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा सम्बन्धबारे जानकारी तथा सोको विकासका लागि स्थानीय तथा प्रहरीबीच सम्वन्यको उद्देश्यले सो अन्तरक्रिया कार्यक्रम भएको हो । https://youtu.be/FjBtz7cP35E
ईलाका प्रहरी कार्यालय भारदह द्वारा आयोजित सो कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्षको सुरेन्द्र मण्डल वडा नम्बर ४ का वडाध्यक्षको मोली मण्डल वडा नं ३ का वडा अध्यक्ष विजय यादव बिपि स्माारक पब्लिक माविका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गाईम भारदह बजार व्यापार संघका अध्यक्ष कुन्दन कुमार मण्डल, शत्रुघन मण्डल, धिरेन राम, प्रमोद झा लगायतका ले समाजमा व्यापक लागू औषध दुर्व्यसनी लाई नियन्त्रण, ट्राफिक व्यवस्थामा सुधार मदिरा पसललाई निर्धारित समयसम्म मात्र पसल सञ्चालन गर्ने,तथा चोरी जस्ता अपराध हनुबाट जोगाउने बारेमा आ–आफ्ना विचार राखेका थिए ।
आयोजित कार्यक्रममा मधेश न्युज का पत्रकार भूपदेव मालीले अपराध नियन्त्रण गर्न आवश्यक सुझाव सहित प्र.ना.नि. गोकुल बलायर लाई फुल माला तथा दोसल्ला ओढाएर स्वागत गरेका थिए । https://youtu.be/FjBtz7cP35E