लिलाकान्त यादव,
राजविराज, १७ असार ।
भारदह बाजार स्थित रोयल सेकेण्डरी स्कुलमा शुक्रबार छात्र – छात्रा बिच हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा हरेक शुक्रबार विद्यार्थीलाई बाहिरी ज्ञान प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिने अतिरिक्त कृयाकलाप प्रतियोगिता अन्तर्गत सो हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
विद्यालयका शिक्षक शौरभ कुमार यादवको बिशेष पहलमा आयोजना गरिएको थियो । प्रतियोगितामा कार्यक्रम सञ्चालन शिक्षक सौरभ यादवले विद्यार्थीहरुलाई अनुशासित ढंगले प्रस्तुति गर्न मौका प्रदान गरिएका थिए ।
सो प्रतियोगितामा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए ।
उक्त हाजिरी जवाफ प्रतियोगितामा २१० अंक ल्याई येलो हाउस प्रथम भएका थिए भने १६५ अंक ल्याई ब्लु हाउस द्धितिय भएका छन त्यसैगरी १६० अंक ल्याई ग्रीन हाउस तृतीय भएका छन भने ग्रीन हाउसलाई पछयाउँदै १०५ अंक ल्याई रेड हाउस चौथो हुन सफल भएका छन् र बेस्ट अडियन्सको पुरस्कार कक्षा ९ का विद्यार्थी खिलेश्वर मण्डललाई पुरस्कृत गरिएको थियो ।
त्यसै गरी कक्षा १ देखि ३ सम्म्म कक्षागत रुपमा ग्रुप बनाई सञ्चालन गरिएको हाजिरी जवाफ प्रतियोगितामा कक्षा १ को ग्रुप डी बाट लाभा शर्मा, प्रभु दास, अस्मिता यादव प्रथम भए, कक्षा २ को ग्रुप डी बाट राम अनुज राय, कशिस शर्मा, अर्जुन यादव प्रथम भए र कक्षा ३ को ग्रुप सी बाट ब्रिटिका दास, निसा दास, एलिस शर्मा, रोहन राम प्रथम भएका छन् ।
सो कार्यक्रमको अध्यक्षता स्कूलका प्रिन्सिपल दिनेश कुमार यादवले गर्नु भएका थिए भने प्रमुख अतिथिको रुपमा को–अर्डिनेटर देवनाथ यादव थिए भने सो कार्यक्रममा प्रथम, दोश्रो, तेश्रो र चौथो हुने सबै विद्यार्थी भाईबहिनीहरुलाई विद्यालय द्वारा पुरस्कृत गरिएको छ ।