ईमधेश न्यूज सम्वाददाता,
सर्लाही, २८ जेष्ठ ।
भारत सरकारको सहयोगमा सर्लाहीको लालवन्दी न. पा. –१७ मा निर्मित फौदसिंह जनता मा. वि. भवनको समुदघाटन मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साह र भारतीय महावाणिज्य दूतावास,विरगंजका महावाणिज्यदूत नितिश कुमारले संयुक्तरूपमा गरेका छन ।
सो विद्यालय भवन शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रमअन्तर्गत निर्माण गरिएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सो परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “ आजादी का अमृत महोत्सव अन्तर्गत रहेको छ । सो विद्यालय नेपालमा यस वर्ष उद्घाटन गरिने ७५ परियोजनाहरू मध्ये एक हो ।
भवनको समुदघाटन गर्नुहुदै मन्त्री साहले भारतसंगको हाम्रो सम्बन्ध नुन र खुनको रहेकोले आपसी भाईचारा कायम राखिरहन अनुरोध पनि गरे ।
जिल्ला समन्वय समिति सर्लाहीका उपसभापति जमुना पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य वेची लुंगेली,सामाजिक विकास मन्त्रालयका सचिव ईमनारायण श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगाायतको उपस्थिती रहेको थियो ।
यो विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पु¥याउने विश्वास भारतले लिएको छ । ७४ लाखको लगानीमा निर्मित भवनमा १५ वटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधा सहितको दुई तल्ले विद्यालय भवन निर्माणमा प्रयोग गरिएको छ ।