लिलाकान्त यादव,
राजविराज, २२ बैशाख ।
स्थानिय तह निर्वाचन २०७९ का लागि जिल्ला निवाचन कार्यालय सप्तरीले स्वास्थ्य अधिकृतहरुलाई मतदान केन्द्रको कामकाजमा खटाउने प्रसंगमा प्रकाशन गरिएको नामावलीमा स्वास्थ्य अधिकृतहरुको मान मर्दन भएको भन्दै जिल्लाका विभिन्न स्वास्थ्य कर्मचारुीका संघसंगठन द्वारा एक विज्ञप्ति द्वारा आपती जनाएका छन् ।
निर्वाचन कार्यालयण्ले प्रकाशन गरिएको नामावलीमा जेष्ठताको आधारमा कामकाजमा लगाउने सर्वमान्य मान्यतालाई गौन राखेर खरदार तहका कर्मचारीलाई अधिकृत र अधिकृत सरहका स्वास्थ्य कर्मचारीलाई सहायक अधिकृतमा राखिएको प्रति नेपाल स्वास्थ्यकर्मी यूनियन सप्तरी, मेधशी स्वास्थ्यकर्मी फोरम सप्तरी, एकिकृत स्वास्थ्यकर्मी संगठन सप्तरी, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन सप्तरी र राष्ट्रिय स्वास्थ्यकर्मी संघ सप्तरीले आफ्नो आत्मसम्मानमा ठेस पुग्ने गरी कामकाज गर्न नसकिने भनेर जिल्ला निर्वाचन कार्यालय सप्तरीमा ज्ञापनपत्र चढाएका ज्ञापनपत्रमा हामी अधिकृत स्तरको कर्मचारीलाई मतदान अधिकृतमा खटाएको हुदा जेष्ठताको आधारमा खटनपटन कार्य गरिदिन मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गरिएको छ ।