लिलाकान्त यादव,
राजविराज, ०५ बैशाख ।
जसपा नेपालको हनुमाननगर कंकालिनी नपाको नगर कमिटी सोमवार समायोजन भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको लागि जसपा नेपालको नगर कमिटी समायोजन गर्न गत केही महिना देखि पूर्व राजपा तथा समाजवादी पार्टीको पद भागवाण्डा हुन नसक्दा दुवै पक्षका नेता कार्यकर्ताहरुको गहतम छलफल पश्चात सोमवार समायोजन भएको हो ।
नगरको वडा नं. १ भारदहमा जसपा नेपालको जिल्ला समन्वय समिति सप्तरीका उपसचिव शम्भु कुमार यादवको अध्यक्षतामा बसेको बैठकले संतोष कुमार यादवको अध्यक्षतामा १११ सदस्यीय नगर कमिटी समायोजन सहित गठन भएको छ ।
यसरी समायोजन गरिएको अध्यक्षमा संतोष कुमार यादव,उपाध्यक्षहरु योगेन्द्र यादव, हरिश चन्द्र वर्मा, सुर्य नारायण यादव, सचिवमा सुरेन्द्र झा, उपसचिवमा पिताम्वर साह, कृष यादव, राजकुमार लगरवार, कोषाध्यक्षमा जाविर अलि तथा कार्यकारिणी सदस्यहरुमा विनोद साह, दिनेश कुमार मंडल, श्रीप्रसाद मंडल, राजजनम यादव, रुणा मिश्र, जर्नादन राउत, लिलाकान्त यादव, गोविन्द यादव, उपेन्द्र खेडवार, रामकृष्ण साह, शम्शेर अलि, पवनी देवी मलाह, विसुन पण्डित, फुलिया देवी मलाह, बालेश्वर यादव, जितेन्द्र यादव र ८८ सदस्य सहित गरी १११ जनाको समायोजन गरिएको हो ।