लिलाकान्त यादव,
राजविराज, १९ चैत्र ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीले हनुमाननगर कंकालिनी नपाका लागि उम्मेदवारी छनौट गर्न शनिवार डा. संजय मेमोरियल हल हनुमाननगरमा बैठक सम्पन्न गरेको छ ।
जपसाका नगर संयोजक संतोष यादवको अध्यक्षतामा बसेको सो बैठकमा बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि मेयर, उपमेयर तथा वडा अध्यक्ष पदका उम्मेदवारी छनौट गरिएको हो ।
सम्पन्न बैठकमा प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका समाजिक विकास मंत्री नवल किशोर साह रहेका थिए भने मधेश प्रदेश सदस्य दिनेश कुमार यादव नगरका उपमेयर सरिता देवी यादव, वडाध्यक्षहरु लक्ष्मी दास(पुगो बाबा), नागेश्वर मण्डल, सत्यनारायण यादव लगायतका सम्पूर्ण वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।
सम्पन्न बैठक नगरको मेयर तथा उपमेयर पदका लागि उम्मेदवारी छनौट विषयमा आधारित भएपनि नगरको शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रमा भएको लगानी तथा विकास सम्वन्धमा व्यापक छलफल हुनुको सँगै नगरमा भएको सडक विकास, ढल विकास निर्माण कार्यमा गुणस्तरता मापन बारेमा पनि व्यापक छलफल गरिएको थियो ।
जसपाका जिल्ला सह सचिव रामचन्द्र साहले कार्यक्रम संचालन गरेको सो बैठकमा मेयर तथा उपमेयर पदका लागि पनि पुरानै ब्यक्तिहरुले उम्मेदवारी दिने सर्वसम्हतीबाट निर्णय गरिएका छन् ।