लिलाकान्त यादव,
राजविराज, ०२ चैत्र ।
सप्तरीको तिरहुत गापाको मैनाकडेरीमा जसपा नेपालको पालिका स्तरीय समिक्षा बैठक सम्पन्न भएको छ ।
पार्टीको संगठन विस्तार, सुदृढीकरण, गापामा वडा अध्यक्ष तथा गापा अध्यक्ष द्वारा गरिएका भौतिक निर्माणको मूल्याङ्कणका बारेमा सो समिक्षा बैठक सम्पन्न भएको हो ।
गापा कमिटीका अध्यक्ष विरेन्द्र कुमार मिश्राको अध्यक्षता, मधेश प्रदेशका समाजिक विकास मंत्री नवलकिशोर साहको प्रमुख आतिथ्यमा तथा तिरहुत गापाका अध्यक्ष मनोज बहडखेर यादवको विशिष्ट आतिथ्यमा सम्पन्न भएको सो बैठकमा वडा नं. ४ का वडा अध्यक्ष मनोज कुमार यादव, वडा नं. १ का वडा अध्यक्ष शिव नारायण मेहता, वडा नं. २ वडा अध्यक्ष जय प्रकाश यादव लगायत सैकडौ कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
मिक्षा जीको निवास स्थानमा सप्पन्न् सो बैठकमा अगामी हुन लागेको स्थानिय निर्वाचन सम्बन्धमा कार्ययोजना तथा रणनीति बारेमा ब्याप्क छलफल भएको बैठकमा सहभागी वडा अध्यक्ष मनोज कुमार यादवले बताए ।