लिलाकान्त यादव,
माध २४, सप्तरी ।
जाडोलाई दृष्टिगत गरी मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साहले सोमवार गरिव तथा निसहायहरुलाई कम्वल वितरण गरेका छन् ।
पछिल्लो केही दिन देखि वढदै गएको जाडोलाई मध्यनजर गर्दै सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं १४ रम्पुरा मल्हनियाका ज्येष्ठ नागरिक, एकल महिलाहरूलाई,गरिव, निसहायहरुलाई मंत्री साहले कम्वल वितरण गरेका हुन।
मन्त्री साहले सो वडाको ३०० जनालाई उक्त कम्वल वितरण गरेका छन् ।
कम्वल वितरण कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १४ का वडा अध्यक्ष सत्यनारायण यादव, स्थानिय भरभलादमीहरु समेतको पनि उपस्थित रहेको थियो ।