लिलाकान्त यादव,
राजविराज, १६ पौष ।
जनमत पार्टीैका कार्यकर्ताहरुले चक्काजाम गर्ने क्रममा भारदह स्थित पुर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्ने अवस्थामा केही सवारी साधनहरु तोडफोड गरिएकोमा शुक्रवार नेपालप्रहरीले १२ जनालाई नियन्त्रणमा लिएका छन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदह स्थित लोकमार्गमा चक्काजाम गर्ने उद्देश्यले केही स्थानिय चन्दन कापैरको को.१ ख. ६९५३ नम्बरको टिपर र बा.१९ च ५२३२ नम्बरको कार माथी ढुंगा लाठी प्रहार गरी तोडफोड गरेको भन्दै जनमत पार्टीका जिल्ला अध्यक्ष किसान मण्डल, जिल्ला सचिव थानेश्वर साह, जिल्ला कोषाध्यक्ष शम्भु कुमार साह, महिला कार्यकर्ता सुशिला कुमारी यादव मगरदैता लगायत जम्मा १२ जनालाई प्रहरीले नियन्त्रण लिएको हो ।
गत कार्तिकमा मधेश भरी अविरल वर्षाबाट आएको बाढीबाट किसानहरुको बाली नष्ट भएको हुदाँ सोको छेती पूर्तिको माँग गर्दै जनमत पार्टीले हिजो विहिवार देखि अनिश्चित कालका लागि चक्का जाम गरेको क्रममा केही कार्यकर्ताहरुलाई ईलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिई राती सबैलाई छाडेका थिए भने शुक्रवार पूनः १२ जनालाई प्रहरीले लिएको सुत्रबाट थाहा हुन गएको छ ।