लिलाकान्त यादव,
राजविराज, १५ मंसिर ।
सप्तरीको सदरमुकाम राजविराजमा शहरलाई सफा राख्न जेसीजद्वारा बिहान डुल्ने बेलामा जथाभावी फालिएका फोहर मैलालाई एकत्रित गर्दै नगरपालिकाको फोहर मैला संकलन गर्ने कर्मचारी टोलीलाई बुझाउने अभ्यास गर्दै आएका छन् ।
सप्ताहको दोश्रो दिन बुधवार राजविराज जेसिसका सदस्यहरुले विहान ६ बजे देखि जेसीस कार्यलयबाट राजरंगशाला, जिल्ला प्रशासन कार्यालय हुदै भगवती मंदिरको प्राङ्गन समेतको फालिएका प्लाष्टिक बोतल, फोहर कचिङ्गर संकलन गरी राजविराजको नगरपालिकाको सरसफाई कर्मचारी टोलीलाई बुझाएका छन् ।
विश्वको पर्यावरणलाई स्वच्छ र प्रदुषणरहित बनाउन धेरै प्रयासहरु भइरहेकै छ्न। प्लास्टिकजन्य फोहोरबाट चिन्तित रहेको समाजमा प्लोगिङ्गबाट निकै हदसम्म प्लास्टिकजन्य फोहोर उठाउने अभ्यास प्रचलनमा आएको छ।प्लास्टिक ठोस फोहोर भएकाले चिन्ता बढाउनु स्वभाविकै भएकोले राजविराज जेसीसले प्लोगिङ्ग कार्यक्रम संचालन गरिएको हो ।
दोश्रो दिनको कार्यक्रमको अध्यक्षता राजविराज जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी सिद्धार्थ तातेडले गरेका थिए भने कार्यक्रम संयोजन जेसी उज्ज्वल काबराले गरेका छन्।
खास गरी अमेरिका, युरोपका सहरहरू लगायत विकसित मुलुकहरूमा विहानको समयमा जगिङ्ग गर्दा गर्दै वरपर रहेका फोहोर प्लास्टिक र प्लास्टिकजन्य वस्तु सङ्कलन गरि व्यवस्थापन गर्नुलाई नै प्लोगिङ्ग भनिएको हो र यसैलाई अनुसरण गरी राजविराज जेसीजका बुद्धिजीवीहरुले कार्यावन्यन गर्न लागिएका छन ।