लिलाकान्त यादव,
राजविराज, ०९ चैत ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाबाट प्रहरीले अवैध हजारौं रुपैयाँ बराबरको अवैध मदिरा पक्राउ गरेको छ ।
डाक्नेश्वरी नगरपालिका वडा नं. ३ तरही स्थित रहेका जनता माध्यमिक विद्यालयको पछाडी पट्टीको गोरेटो बाटो हुँदै अवैध रुपमा तहरी बजार हुदै भारत तर्फ निकासी गरी रहेको अवस्थामा इलाका प्रहरी कार्यालय पातो सप्तरीबाट खटिएका टोलीले गौरब र कस्तुरी नामक मदिरा ४८ कार्टुन पक्राउ गरेको छ ।
प्रहरीको टोलीलाई देख्ना साथ तस्कर मदिरा छाडी फरार भएको र घटनास्थलमा चेकजाँच गर्दा १६ वटा बोरामा प्याक गरिएको करिब १४ सय थान मदिरा बरामद भएको प्रहरीले जनाएको ।
५५ हजार मूल्य बराबरको बरामद गरिएको मदिरालाई आवश्यक कारबाहीका लागि सोमवार भन्सार कार्यालय तिलाठी सप्तरी पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।