लिलाकान्त यादव,
राजविराज, २१ असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं. १ भारदह स्थित पुर्वी नेपालको प्रसिद्ध शक्तिपीठ कंकालिनी भगवती मन्दिरमा नवरात्री पूजनोत्सवका लागि विहिवार विधिवत कलश स्थापना गरिएको छ ।
मिथिलाका परम्परागत बाजा बजाएर शुभारम्भ गरिएको घटस्थपना अनुष्ठाना विहिवार विहान ७ः३० बजे घटस्थापना भएको हो ।
यो वर्ष आठौं पूजा–दशौं यात्रा(जयन्ती) रहेकोले मन्दिर तथा परिसर वरपर राम्रो सरसफाई तथा चारैतिर झिलिक्क –मिलिल्क बल्ने बतीहरुले सिंगारिएको छ ।
गत वर्ष कोभिड १९ कोरोना महामारीका ताण्डवले प्रशासन द्वारा मन्दिरमा भिडभाड गर्न रोक लगाएकोले ब्यापक श्रद्धालुहरुले राङ्गाको बलि चढाउन नसक्दा यो वर्ष १ हजार भनदा वढी राङ्गाको बलि हुने स्थानियहरुले आकलन गरिएको छ ।
मन्दिर परिसरमा ठाउँको अभाव भएकोले यस वर्ष दर्शन पूजा तथा बलि प्रदान गर्न आउने श्रद्धालुहरुको संख्यामा ब्यापक बृद्धि हुने सम्भावयताले मन्दिर विकास समितीले सोही अनुसारको व्यवस्था गरिएको समितीका उपाध्यक्ष चन्दन कापैरले जानकारी गराए । वहाँले हरेक श्रद्धालुले पूजादर्शन गर्न सक्ने तथा सवैको सुरक्षा सम्बन्धी ब्यवस्था गरिएको बताए । https://youtu.be/9sAc6Z4ZgjM https://youtu.be/9sAc6Z4ZgjM