लिलाकान्त यादव,
राजविराज, २३ भाद्र ।
सप्तरीको हनुमाननगर कंकलिनी नपाको हनुमाननगर स्थित महाविर मा.वि. मा प्र.अ.को रुपमा छत्र नारायण दासले बुधवार पदग्रहण गरेको छ ।
विद्यालयका पूर्व प्र.अ. डम्बर नारायण सतरा यादवलाई हनुमाननगर कंकालिनी नपा १४, रम्पुरा मल्हनिया स्थित विद्यालयमा सरुवा भएपछि रिक्त स्थानमा विद्यालयका समस्त शिक्षक, शिक्षिका तथा कर्मचारीद्वारा गरिएको निर्णय अनुसार प्र.अ.को रुपमा दासलाई पदग्रहण गराएको हो ।
पूर्व प्र.अ. डम्वर नारायण सतरा यादवले विद्यालय व्यवस्थापनमा लापर्वाही गर्दै आएको हुदा नगरका शिक्षा शाखाले वडा नं. १४ का विद्यालयमा सरुवा गराएको हुदाँ विद्यालयमा दक्ष शिक्षक दास भएकोले सो प्र.अ.को पद दासलाई दिएको बताइएको छ ।