लिलाकान्त यादव,
राजविराज, ०६ भाद्र ।
सप्तरीको कंचनरुप नपा वडा नं. २ बरमझीया स्थित रहेको संगम फास्टपूmड एण्ड मदिरा पसलबाट लागु औषध सहित मानिस पक्राउ परेको छ ।
गए शनिवारका साँझ६ः३० बजेतिर गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सो लागु औषध सहित मानिसलाई पक्राउ गरिएको हो ।
प्रहरी द्वारा खानतलासी गर्दा नाईट्रोसन १०– ६१०पिस ट्याबलेट भरेको र खाली खोल ४१ पिस, स्पासमो प्रोजाभम प्लस– ३१० पिस ट्याबलेट भरेको र खाली खोल २० पिस, डिलेक्स डिसी १०० मिली– ८ पिस भरेको र खाली ५ पिस, कोडिवेल १०० मिली खाली १ पिस, इसकुफ१०० मिली २ पिस भरेको, सिरिन्च १ थान, मोबाईल थान ३ र नगद रु. १८,६७५।– बरामद भएको जिप्रका सप्तरीले जनाएको छ ।
पक्राउ पर्ने होटल संचालक कंचनरुप नपा २ बरमझीया बस्ने विन्देश्वर यादवको ३५ बर्षिय जयराम यादव रहेको छ ।
यादवको आफ्नै होटलमा पक्राउ परेका सो लागु औषधहरुको बेचविखन गर्ने अवस्था मै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्र.ना.उ माधव प्रसाद काफ्लेले बताए ।