लिलाकान्त यादव,
राजविराज ०९ फाल्गुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदहको गोढियारी टोलमा एक २.५ बर्षीय बालकको आईतवार पानीमा डुबेर मृत्यू भएको छ ।
लगभग ३ बजेतिर घर निररहेको कलको पानी जम्ने खाल्टोमा डुबेको सो बालक खेलीरहको अवस्थामा चिप्लेर पानीमा डुबेको हुन सक्ने बताएको छ ।
मृतक बालक भारदह बस्ने महेन्द्र मेहताको छोरी पट्टीको नाति देश भारत जिल्ला सुपौल बस्ने गिदरमारी ग्राम पञ्चायत गिदार मारी बस्ने बिनोद मेहताको छोरा राजेश मेहता रहेको होे । आफ्नै मामाको बिहेमा सो घटना हुन गएको हो । घटना स्थलमा तत्काल प्रहरी अधिकृतको कमाण्डमा प्रहरी टोली खटि गई लाशजाँच मुचुल्का कार्य सम्पन्न गरी पोष्टमार्टमको लागी श्री गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा सो शवलाई राखि थप अनुसन्धान कार्य भईरहेको जि.प्र.का. का प्रवक्ता प्र.ना.उ.भुवनेश्वर प्रसाद साहले जानकारी गराए ।