लिलाकान्त यादव,
राजविराज, ३१ साउन ।
नगर प्रहरी, सशस्त्र तथा नेपाल प्रहरी संयूक्त रुपमा सप्तरीको कंकालिनी भगवती मन्दिर परिसर तथा शहिद राजिव चौक परिसरलाई आईतवार सफाई गरेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाको आयोजनामा भएको सो सरसफाई कार्यक्रममा वडा नं. १ र ३ वडा अध्यक्ष, सशस्त्र वेस क्याम्प भारदहका प्र.ना.नि. को कमान्डमा रहेका जवान, इलाका प्रहरी कार्यालय भारदहका प्र.ना.नि. शत्रुधन राउतका कमाण्डमा प्रहरी जवान, नगर प्रहरीका बरिष्ट हवल्दार शम्भु प्रसाद यादव नेतृत्वका टोली तथा नगरका महेश यादवको सहभागी रहेका थिए ।
नगरको वडा नं. भारदहको सो मन्दिर परिसर तथा भारदह बाजारमा रहेका थिए ।
नगरको वडा नं. भारदहको सो मन्दिर परिसर तथा भारदह वाजारमा रहेको चौराहाको शहीद राजिव चौकमा कुच्चीबाट बहारेर सर–सफाई गर्दै फोहरमैला फालिएको थियो ।