उमेश कुमार यादव,
राजविराज, २१ साउन ।
सप्तरीको बोदे बर्साइन नगरपालिका अन्तर्गत नगरपालिकाकोमा नवनिर्मित सशस्त्र प्रहरी बलको भवनलाई मेयर आतेश सिंह यादवले उद्घाटन गर्नु भएको छ ।
बोदे बर्साइन नगरपालिका वडा न.९ स्थित सुभरनपट्टिमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्टका लागि निर्माण भएका एक कार्यक्रम बीच नगर प्रमुख यादवले उद्घाटन गरि हस्तान्तरण गर्नुभएको हो ।
नगरपालिकाद्वारा सशस्त्र प्रहरी बल ,बोर्डर आउट पोष्टलाई उक्त भवन उद्घाटन गर्नुहुदै मेयर यादवले भने नगरको शान्ति सुरक्षा र सिमा क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रणमा सशस्त्र प्रहरीको अहम् भुमिका रहेको हुनाले सुरक्षाकर्मीको सुरक्षाका लागि स्थायी भवन हुनुपर्नेमा यो नवनिर्मित भवन सुरक्षाका दृष्टिले अहम भुमिका राख्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी अधिकारी,नेपाल प्रहरीका प्रतिनिधि स्थानीय बुद्धिजीवीहरु उपस्थिति रहेका थिए ।