ईमधेश न्यूज सम्वाददाता,
काठमाण्डौ १३, साउन ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक काठमाण्डौमा सुरु भएको छ । सरकारमा जाने, नजाने, ओली सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पूर्व राजपा तथा संघिय समाजवादी पार्टी भित्र फरक मतका कारण भएको पार्टी भित्र फुट भन्ने मुख्य विषयमा आधारित तुलसीलाल अमात्यको भवन ललितपुरमा बुधबार दिउसो पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसेको हो ।
हिजो मंगलवारदेखि सुरु भएको बैठक बुधवार सम्पन्न हुने भएको छ । बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णता दिनेछ । पार्टीको आन्तरिक बिषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई कारवाही गर्ने नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता गÞरी अन्य पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल केन्द्रित रहेको श्रोतले बताएको छ ।