लिलाकान्त यादव,
राजविराज ०९ पौष ।
अन्तराष्ट्रिय मान्यता अनुरुप नेपाल पनि हरेक कार्यालयका कामकाज कम्प्यूटरीकृत गरी डिजिटल प्रक्रियामा लाने सम्बन्धी तालिम तथा अभिमुखी कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचय–पत्र तथा पञ्जिकरण विभाग सेवा ईकाइ कार्यालय राजविराज द्धारा संचालित ५ दिने अभिमुखिकरण तालिम विहिवार सम्पन्न भएको हो । राजविराज नगरपालिकाको सभा हलमा आयोजना गरीएको सो अभिमुखिकरण तालिममा राजविराज नगरपालिकाको १६ वटै वडाका वडा सचिव र कम्पूटर अपरेटर हरुको सहभागिता रहेको थियो ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अनिवार्य रुपमा अनलाईन प्रणाली मार्फत गर्नुपर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता रहेको तथा तालिमको पनि सोहि उद्देश्यका साथ संचालन गरिएको हुदा सो कार्यक्रममा सहभागीहरु अव यस राजविराज नगरपालिकाको सवै वडावाट अनलाईन प्रणाली मार्फत नै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता गर्ने प्रतिवद्धता व्यक्त गरे ।
राजविराज नगरपालिकाको नगर प्रमुख शम्भु प्रसाद यादव को अध्यक्षतामा आयोजित सो तालिमको समापन कार्यक्रमामा अव यस नगरपालिकाको सवै वडा कार्यालयवाट अनलाईन प्रणाली मार्फत कसरी काम संचालन हुन्छ भन्नेमा आफूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिने वताए । सवै वडा वाट अनलाईन मार्फत नै सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता अनिवार्य रुपमा हुनुपर्नेमा जोड दिदै त्यसका लागि सवै वडामा आवश्यक सामाग्री उपलव्ध गराउनमा आफू प्रतिवद्ध रहेको जिकिर समेत गरे ।
गत आईतवार देखिनै संचालनमा रहेको सो समापन कार्यक्रममा राजविराज नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत मदन कुमार थापा¸ शाखा अधिकृत मनोज कुमार यादव¸ लेखा अधिकृत उमा शंकर यादव¸ स्वास्थ्य शाखा प्रमुख निरंजन कुमार यादव¸ कृषि शाखा प्रमुख हरि नारायण यादव¸ सेवा ईकाइका एम। आई। एस। अपरेटर रविन्द्र कुमार साह¸ विकाश कुमार चौधरी सहित अन्य कर्मचारीहरुको उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन फिल्ड सहायक शिव विलास यादवले गरेको थियो ।