मधेश न्यूज सम्वाददाता,
राजविराज ०३ असार ।
अखिल नेपाल किसान महासंघले विहिवार एक विज्ञप्ती जारी गरी पश्चिमी प्रदेशहरुमा वर्षाको कारण भएको मानवीय छति प्रति दुःख ब्यक्त गर्दै सो वर्षाबाट प्रभावित प्रति सहयोगको माँग गरेको छ । विगत केहीदिनदेखि परेको अबिरल बर्षाका कारण बाग्मति, गण्डकी, लुम्बिनी र सुदुरपश्चिमी प्रदेशका केही पहाडी जिल्लाहरुमा बाढी, पहिरो र डुवानले ठूलो परिमाणमा भएको मानविय तथा भौतिक क्षतिप्रति अखिल नेपाल किसान महासंघ दुःख व्यक्त गर्दै यस विपत्तिमा जीवन गुमाउनुहुने सम्पूर्ण जनसमुदायप्रति श्रद्धाञ्जली अपणर््ा गर्नुको सँगै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको विज्ञप्तीमा उल्लेख छ । यस प्राकृतिक विपत्तिका कारण सो क्षेत्रका नागरिकहरुले ठूलो संख्यामा जीवन गुमाउनु पर्यो, केही वेपत्ता र घाइते अवस्थामा छन्भने सयौको संख्यामा विस्थापित भएका छन् । कृषिभूमि एकाएक बगर र खण्डहरमा परिणत भएका छन्भने अनाज, पशुवस्तु तथा दैनिक उपभोग्य सामानहरु पुरिएर वा बगाएर नष्ट भएका छन्। जसको कारणलेप्रभावित नागरिकको जीवन अत्यन्तैअसुरक्षित र कष्टकर बन्न पुगेको छ । जारी गरिएको विज्ञप्ती यो संकटको घडीमा प्रभावित भएका सम्पूर्ण जनसमुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै यथोचित गास, बास, कपास, औषधीउपचार समेतका आवश्यक प्रवन्ध यथासिघ्र गर्नका साथै वेपत्ता नागरिकहरुको खोजीका लागि संघिय, प्रदेश र स्थानिय सरकार लगायत सम्पूर्ण सरोकारवाला निकायहरुसंग अपिल गर्दै यस विपत्तिबाट भएको वास्तविक क्षतिको तथ्याङ्क संकलन गरी राहतको प्रभावकारी प्रवन्ध गरी जनजीवनलाई सहज बनाउन माग गरेको छ । जल तथा मौषम विभागका अनुसार देशका अधिकांश भूभागमा अझै केही दिन अबिरल बर्षाको संभावना रहेकोले यसप्रकारको थप विपत्ति बढ्ने संभावना देखिएको छ । त्यसैले बाढी, पहिरो र डुवान हुनसक्ने जोखिमयुक्त स्थानहरुमा बसोबास गर्ने समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै बिपत्तिबाट हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न नेपाल सरकारसंग हार्दिक अपिल गर्दछ महासंघले आफ्ना सम्पुर्ण सदस्य कार्यकर्ताहरुसँग कोभिड–१९ महामारीको यस समयमा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै विपत्तिमा परेको प्रभावित जनसमुदायलाई आवश्यक सहयोगमा जुट्नको लागि अनुरोध गरेको छ ।