लिलाकान्त यादव,
राजविराज, २४ जेष्ठ ।
नेपाल पत्रकार महासंघ सप्तरीलाई नेपाल वन पैदावार उद्योग व्यावसायी महासंघले सोमबार राहत सामाग्री र अन्य कार्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
पत्रकार महासंघ सप्तरीलाई कोभिड–१९ बाट प्रभावितहरुका लागि निशुल्क स्वास्थ्य सामाग्री वितरण गर्ने योजनाअन्तर्गर्त एक सय किलो चामल, २० किलो पिठो, पाँच किलो दाल, पाँच लिटर तेल र ६ किलो च्युरा प्रदान गरिएको हो । स्वास्थ्य सामाग्रीको साटो नगद वा खाद्यान्न सामाग्री सहयोग गर्न पत्रकार महासंघले भनेपछि खाद्यान्न सामाग्री हस्तान्तरण गरेको सप्तरी वन पैदावर उद्योग व्यवसायी संघका अध्यक्ष नेसार अहमदले बताउनु भयो । अध्यक्ष अहमदका अनुसार पत्रकार महासंघले स्वास्थ्य सामाग्री पर्याप्त रहेको बताएपछि तथा नगद दिन नमिल्ने भएकाले विकल्पमा खाद्यान्न सामाग्री दिएको बताउनु भयो ।
यसैगरी डिभिजन वन कार्यालय, प्राथमिक स्वास्थ्य कार्यालय, कञ्चनरुप, र ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरिएको अहमदले जानकारी दिनुभयो ।
यसैगरी डिभिजन वन कार्यालयलाई ४० वटा फेसशिल्ड, पाँच लिटर स्यानिटाइजर, २० वटा एन ९५ मास्क र ५० वटा सर्जिकल मास्क वितरण गरिएको छ । टाफिक प्रहरी कार्यालय राजविराजलाई ४० थान फेशशिल्ड, पाँच लिटर स्यानिटाइजर, २० थान एन ९५ मास्क र ४० थान सर्जिकल मास्क वितरण गरिएको छ ।
प्राथमिक स्वास्थ्य कार्यालय कञ्चनरुपलाई २÷२ थान थर्मलगन र अक्सिमिटर, २० लिटर स्यानिटाइजर, एकसय थान फेशशिल्ड, ४० थान एन ९५ मास्क र एक सय थान सर्जिकल मास्क प्रदान गरिएको छ ।
वितरण कार्यक्रममा सहभागी महासंघका केन्द्रिय सदस्य उमेश दाहालका अनुसार कोभिड–१९ बाट प्रभावितहरुका लागि निशुल्क स्वास्थ्य सामाग्री वितरण गर्ने योजनाअन्तर्गतका सामाग्रीहरु सम्बन्धित कार्यालयमा गएर नै हस्तान्तरण गरिएको हो ।