लिलाकान्त यादव,
राजविराज, १७ जेष्ठ ।
राजविराज नपा निवासी सुनिता कुमारी साहले ती परिवारका लागि राहत सामाग्री जोहो गरेर घर–घरमा पु¥याउने गरेको छ । सप्तरीका निषेधाज्ञा प्रभावित अति गरिब, विपन्न, दैनिक ज्यालादारी मजदुर एकल परिवारको सहारा बनेकी सुनिताको प्रतिक्षामा बस्ने गरेका छन ।
निषेधाज्ञामा अहिलेसम्म कतैबाट राहत नपाइएको उनीहरुको परिवारको छाक टार्न समस्या नहोस भनेर साइकल, टाउँकोमा राहत बोकेर सुनिता घरदैलोमा पुग्ने गरेकी छिन ।
सामाजिक अभियन्ता तथा राष्ट्रिय एकता अभियानकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी सुनितालाई अर्की अभियन्ता रमिलाले साथ दिइने गरेका छन । पानी, घामको वेवास्ता नगरी दुबै अभियानीहरुले एक छाक झुप्रोमा राहत सामग्री लिएर पुग्दा उनीहरु निकै खुशी हुने गरेका छन । सप्तरीमा विषेधाज्ञा जारी भएपछि घर बाहिर निस्किन नसकिने, निस्किएपनि रोजगार नपाउने ती वर्गका परिवारलाई दैनिक हातमुख जोड्न समस्या झेल्नु परेको पीडाबाट अभिप्रेरित भएर एक छाक राहत सामग्री लिएर घर–घरमै पुग्ने गरेको सुनिताले बताइन ।
अति गरिब, विपन्न, दैनिक ज्यालादारी मजदुर एकल परिवारलाई पहिचान गरी निषेधाज्ञा र स्वास्थ्य सुरक्षाको पालना गर्न घरमै राहत पु¥याउने अभियानकै रुपमा कार्य गरिएको हो । दुई साता देखि दैनिक एक छाक राहत सामग्री वितरण गर्दै आएकी राष्ट्रिय एकता अभियान सप्तरीका प्रमुख रमिलाकुमारी साहले जानकारी दिदै भने राजविराज नगरभरी मात्रै करिब २०० परिवारलाई राहत वितरण गरिसकेका छन् । एक छाक राहत सामग्रीमा दुई किलो चामल, दाल, आलु र नून दिने गरेको उनले बताईन । एक परिवारमा औषत पाँच जनाको दरले एक हजार जना लाभान्वित भइसकेका छन् ।