ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, १२ जेष्ठ ।
मणिपाल विशेष कोभिड अस्पताल प्रदेश २ द्वारा संचालन हुन लागेको कार्य अन्तिम चरणमा पुगेको छ । टेन्डर भई अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ भने आवश्यक जनशक्तिको छनौट पनि भईसकेको अवस्थामा आज सामाजिक विकास मन्त्री नवलकिशोर साहको विशेष उपस्थितिमा उक्त अस्पताल संचालन गर्ने निर्देशन दिनु भएको छ । साथै आवश्यक सहयोगको लागि विज्ञ समिति समेत गठन गरेका छन ।
जनकपुरधाम स्थित सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बुधवार वसेको वैठकले उक्त अस्पताल संचालन गर्न कुनै कसर वाकी नराख्ने वताएका छन । वैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव,जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, मधेश स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला,स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद कुमार यादव, प्रादेशिक अस्पतालका मे. सु. डा. प्रमोद कुमार यादव लगाायतको उपस्थिति रहेको थियो ।