लिलाकान्त यादव,
राजविराज, ०५ जेष्ठ ।
सप्तरीको कञ्चनरुप नपामा दुई जना युवती पोखरीमा डुबेर मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरुप नपा –९ स्थित विष्णु मन्दिर नजिक रहेको पोखरीमा डुबेर इन्दल सरदारकी १२ बर्षीय छोरी रोशनी सरदार र रामकृष्ण सरदारकी २० बर्षीय छोरी कुन्ती सरदारको बुधवार मृत्यू भएको छ ।
पोखरीमा नुहाउन गएका युवतीहरु डुबेपछि स्थानीयहरुले थाहा पाएर परिवारका सदस्यलाई खवर गरेका थिए । युवतीहरुलाई तत्काल पोखरीबाट निकालेर कञ्चनरुप–१२ स्थित रहेको धर्मेश्वर अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले ती दुवै जना युवती मृत भइसकेकोले भर्ना लिएन् ।
उनीहरुको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ ।