भूपदेव माली,
राजविराज ०५ पौष ।
सप्तरी हनुमाननगर कंकालिनी नपाका मेयर शैलेस कुमार साहले विजेता टिमलाई रु. २१ हजार नगद र पराजित टिमलाई ११ हजार नगद पुरस्कार प्रदान गर्नु भएको छ ।
हनुमाननगरमा भईरहको क्रिक्रेट मैचको विजेता उपविजेता टिमलाई सो पुरस्कार प्रदान गरिएको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको हनुमाननगर स्थित महावीर माध्यमिक विद्यालयमा भईरहेको क्रिक्रेट टुर्नामेन्ट शनिवार फाईनल खेलमा भारतको कुनौली टीमलाई हनुमाननगरका टिमले पराजित गरेका छन् ।
संजय कुमार फोण्डेसन द्वारा संचालित नेपाल भारत मैत्री कप क्रिक्रेट टुर्नामेन्टमा शनिवार कुनौलीले टस जितेर २० ओभरको निर्णय गरी पहिलो ब्याटिङ्ग गरेका थिए । कुनौलीले १२० रनको लक्ष्य दिएर अलआउट भएको थियो । जवाफमा हनुमाननगरका टिमले १९.५ ओभरमा १२० रन बनाएकोले खेल ड्रा भएको थियो । तर सुपर ओभर भएपछि हनुमाननगरले विजयी हासिल गर्न सफल भएको थियो । खेलमा टिमका रोशन चार विकेट लिएका थिएभने सेराजले मेन अफ द मैचको उपाधि लिन सफल भएको थियो ।