लिलाकान्त यादव,
राजविराज ०१ जेष्ठ ।
सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा गौतम स्वास्थ्य सामाग्री लिएर कोरोना संक्रमितको घरमा नै पुगेर वितरण गर्नुभएको छ ।
नगर प्रमुख गौतमको नेतृत्वको टोलीले कोरोनाबाट संक्रमित भएका बिरामीहरुको मनोबल बढाउन र आपतमा परेकाहरुलाई सहयोग उपलब्ध गराउन स्वास्थ्य सामाग्री सहित घर घर मै पुग्न सुरु गरेको हो ।
नगर प्रमुख गौतम, वडा सदस्य हुसेन, फत्तेपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी महेन्द्र झा, राजकुमार दास , फत्तेपुर प्रहरी चौकीका प्रराज चौलागाई सहित संक्रमितको घरमा आज शनिबार पुगेको टोलीले संक्रमितको मनोवल बढाउनका लागि विभिन्न किसिमका परामर्श गर्नुका साथै आवश्यक सहयोगका विषयमा समेत कुराकानी भएको वडा सदस्य हुसेनले जानकारी दिनुभयो ।
होम आइसोलेसनमा रहेका कोभिड–१९ संक्रमित व्यक्तिको घरमै पुगेर समस्या बुझ्ने कार्यागरी नगर प्रमुख गौतमले औषधी वितरण गरेका हुन ।
हेल्थ किट लिएर वडा नं. –१, २ र ८ का ११ जना होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई वितरण गरिएको छ । हेल्थ किट भित्र रु एक हजार मूल्य बराबरको औषधी रहेका छन् ।