लिलाकान्त यादव,
राजविराज २९ बैशाख ।
सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुवारीका रमेश विश्वकर्मालाई बुधवार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीले पीडितको उजुरीका आधारमा विश्वकर्मालाई पक्राउ गरी मानव वेचविखन विरुद्धको उजुरी दर्ता गरिएको प्रहरी निरीक्षक बीरेन्द्र पासवानले बताउनु भयो ।
काठमाडौंमा बस्दै आएका सुरुङ्गा नगरपालिका–१ शिशुवारीका दिपक भुजेललाई आरोपित विश्वकर्माले ललाईफकाई बुटवलसम्म पु¥याएका थिए । राम्रो पारिश्रमिकको प्रलोभन देखाई विश्वकर्माले अपरिचित व्यक्तिको जिम्मा लगाई भारत पठाएको पीडितको आरोप छ । मादक पदार्थ खुवाई भारत पु¥याएका अपरिचित आरोपितले केही दिन होटलमा राखेको र बेहोस बनाई अस्पताल पु¥याएर वैशाख २ गते मृगौला निकालेको पीडितले बताए ।
उक्त अस्पतालमा १० दिन राखेपछि पाँच हजार दिएर गाडी चढाई घर पठाएको र गत शुक्रबार घर आइ पुगेको पीडितकी श्रीमती निरा भुजेलले जानकारी दिनुभयो । प्रहरी निरीक्षक पासवानले मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौंसँग समन्वय गरी अपरिचित अर्को आरोपितकाे खोजीकार्य गरिरहेको जनाएको छ ।