लिलाकान्त यादव,
राजविराज, २७ वैशाख ।
राष्ट्रिय युवा संघ नेपाल कंचनरुप नगर कमिटीले सोमवार कोभिड १९ कोरोना संक्रमण नियन्त्रणका लागि घुम्ती हेल्पडक्स संचालन गरेको छ ।
सडकमा हिडने मानिस, सुरक्षाकर्मी, संचारकर्मीहरुलाई मास्क तथा सेनीटाईजर वितरण गर्दै कोरोना भाईरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्देश्यका साथै कोरोनाबाट बच्न जनचेतना सहितको उद्देश्यले यूवा संघ नेपालले सो हेल्प डेक्स संचालनमा ल्याएको हो ।
सडकमा हिँड्ने मानिसहरुलाई कोरोना भाइरसबाट बच्ने जनचेतनामूलक सन्देशहरु सिकाउँदै नगरको कञ्चनपुर बेरियरमा हेल्प डेक्स सञ्चालन गरिएको र शनिवारका दिन सप्तकोशी नगरपालिका र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा घुम्ती हेल्प डेक्स सञ्चालन गरिएको र मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र तिरहुत गाउँपालिकामा घुम्ती हेल्प डेक्स सञ्चालन गरिने राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य सञ्जय पासवानले बताउनुभयो ।
कञ्चनरुप नगरपालिकाको कञ्चनपुर , बलुवा, बरमझिया, रुपनगर, सिमरा लगायत स्थानहरुमा घुम्ती हेल्प डेक्स सञ्चालन गरिने र सप्तरी क्षेत्र नं. १ को सबै ठाउँ चेतनामूलक सन्देशका लागि प्रचारप्रसार र माइकिङ्ग गरिने युवा संघ नेपालका नगर सचिव धर्मेन्द्र थापाले बताउनुभयो ।
सो कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य लक्ष्मी मण्डल , युवा संघ नेपालका नगर उपाध्यक्ष अजय कुमार पासवान, एमालेका नेता कार्यकर्ता , युवाहरु संघका नगर कमिटि र वडा कमिटिका सदस्यहरुको सहभागिता रहेको ।