लिलाकान्त यादव,
राजविराज २४ बैशाख ।
सप्तरी जिल्लामा शुक्रवार ४२ जना मानिसमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
सप्तरीको कंचनरुप नपाको स्वास्थ्य केन्द्र स्थित रहेको कोरोना जाँच केन्द्रमा एन्टिजिन परिक्षणमा १७ जना र राजविराज स्थित गजेन्द्र ना. सिंह अस्पतालको पी.सि.आर परिक्षणमा २५ जनामा कोरोना पोजिटिभ भएको हो ।
राजविराजमा ४८ जनालाई परिक्षण गरिएको मध्ये राजविराजका १३ जना, बोदेबरसाईनका १ जना, महदेवा गापाका १ जना, तिलाठी कोईलाडी गापाका १ जना, सुरुङ्गा नपाका १ जना, खडकका १ जना र रुपनी गापाका १ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
देश भरिमा मंगलवार जम्मा ९१९६ जनालाई कोरोना पुष्टि भएको छभने ५० जना कोरोनाका कारण मृत्यू भएको छ ।