लिलाकान्त यादव,
राजविराज, १२ असोज ।
सप्तरीमा बाढीका कारण व्यापक धनजनको क्षति भएको छ।
तीन दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण आएको बाढीले सो धनजनको क्षति भएको हो।
निरन्तर वर्षाका कारण जततत्र आएको बाढीका कारण फलिसकेका बोटराज धनका बाली नष्ट भएका छन् भने कोशी डुबान क्षेत्रभित्र रहेका हजारौं बिघाका केराको बगानलाई नष्ट गरिएको छ। यसरी नै नदी खोलातिर रहेका कतैपैको घरमा पानी पसेका छन् भन्ने पोखरीका माछाहरू धानका खेतमा भागेका छन्।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ र ३ को बीच शंकर खिडहरी यादवको पोखरीमा स्थानीय बद्री पाइकेले ऋण लिएर माछापालन
गरिएको माछा धानको खेतमा भागेका छन्। अत्यधिक बाढीले गर्दा पोखरीका डिलहरू भत्काई पानी बग्न थालेपछि सो माछाहरू जत्रतत्र भागेको हो। लगभग ३ बिघामा रहेको पोखरीमा ३ लाख रकम बराबरको कोमन, बिग्रेड, सिल्भर, ग्रास, रेहु, नैनी र भाको माछाहरू हालिएको थियो। यतिबेला सो माछाका बच्चा हरू बढेर लगभग १० लाख रुपैयाँ बराबरको भइसक्दा अपार क्षति भएको बद्री पाइकले बताए।
यसरी नै मधेस प्रदेशको प्रसिद्ध बार्दको केरा बगान लाई पूर्णरूपले क्षति पुर्याएको छ। केरा कृषकहरु ऋणमा डुबेका छन् । भारदहका ठूला केरा कृषक इन्द्रदेव लौगि लाई मात्र ७० लाख लगानी गरिएको केरा खेती नष्ट भएका छन् भने कोशी डुबान क्षेत्रभित्रका धानको बालीहरू समेत नष्ट भएका छन्।