लिलाकान्त यादव,
राजविारज, २७ भाद्र ।
जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिले विभिन्न माग राखी प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
जसपा मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादव द्वारा हस्ताक्षरित ज्ञापनपत्र जसपा नेपालका नेता कार्यकर्ताहरुले मुख्यमन्त्री सतिष कुमार सिंहलाई बुझाएका थिए ।
राजदुत नियुक्त गर्दा मधेशी, आदिवासी जनजाति, दलित, थारु, मुस्लिम, महिला, अल्पसंख्यक समुदाय,खसआर्यको प्रतिनिधित्व हुने गरी राजदूत नियुक्त गर्न समेत ज्ञापनपत्रमा उल्लेख छ ।
यसैगरी शिक्षा क्षेत्रलाई नै तहस नहस पार्ने नियतले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारले बजेट विनियोजन गरिएको छ । जसमा मधेश प्रदेशमा संचालित विश्वविद्यालयहरुमा १०–१० लाख र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अप्रर्याप्त तथा मधेश प्रज्ञा प्रतिष्ठानलाई शुन्य बजेट विनियोजन गरी शिक्षा क्षेत्रलाई धरासायी बनाएको र अघिल्लो सरकारले संचालनमा ल्याएको मधेश प्रदेशको गौरवको रुपमा रहेको योजनालाई समाप्त पार्ने षड्यन्त्र गरेको हुँदा बजेटको समुचित व्यवस्था गरी शैक्षिक क्षेत्रको संरक्षण गर्नुपर्ने माग जसपा नेपाल प्रदेश समितिले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
उक्त माँगहरु आठै जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीहरु मार्फत प्रधानमंत्री र मुख्य मंत्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
जसपा नेपालले राखेको जायज माग समयमै सम्बोधन नभए बाध्य भई सरकार विरुद्ध संघर्षमा उत्रिने चेतावनी समेतज्ञापनपत्रमा उल्लेख गरिएको छ ।