आज मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस हो। यस दिवसलाई भव्यताका साथ मनाउने हाम्रो कर्तव्य पनि हो।
बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ । २०६४ साल देखी भाद्र २० गते देखि बालबालिका बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको हो र वर्ष २०८१ चाँही यस दिवसको १८ औं संस्करण हो ।
हरेक प्रकारको मानव वेचविखन अझ विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ । आजको दिनले बिभिन्न कार्यक्रम, र्याली र सभाहरु मार्फत मानव वेचविखन विरुद्धको चेतना दिने गरिन्छ । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन। त्यसैले यो दिवस भब्यताका साथ मनाऔं र महिला तथा समस्त मानव बेचबिखनलाई अन्त्य गरौं।