ईमधेश न्यूज सम्वाददाता,
काठमाडौँ, १८ भाद्र ।
महिला र पुरुष बीच लैङ्गिक भेदभाव अन्त्य गर्न सरकार लागि परेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह (सुडी)ले बताएका छन्। मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको लैंगिक समावेशीकरण सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकार महिला र पुरुषको बिचको खाडल पुर्नेगरी काम गरिरहेको बताए । मन्त्री शाहले सरकार महिला र पुरुषको बीचको खाडल पुर्नेगरी काम गरिरहेको बताए।
उनले भने, ‘महिला र पुरुषबीचमा खाडल हुने अवस्था छैन । मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदनहरू गम्भीरतापूर्वक कार्यान्वयनका लागि सरकारको क्षमता अनुसार दातृ निकायहरूसँग समन्वय गरेर हामी आफ्नो समस्याहरूलाई निदान गर्ने र महिलाहरूको अवसरलाई उकासेर पुरुषको बराबरीको अवस्थामा ल्याउने दायित्व हो । महिला र पुरुष एक गायिका दुई पाङ्ग्रा हुने हुँदा आजको युगमा महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन ।’
उहाँले पश्मेली देशको उदाहरण दिँदै भन्नुभयो- ‘लैंगिक समानताको अधिकारकै कारण युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरूको प्रगति भएको मन्त्री साहको भनाइ छ । नेपालमा पुरुष मात्र काममा जाने र महिलालाई चुलोचौकोमा थुनेर राख्ने प्रवृति रहेको उल्लेख गर्दै उनले जनचेतना फैलाउँदै यसको अन्त्य गर्नुपर्ने’ बताए । ‘युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरूमा प्रगति हुनुको मुख्य कारण नै लैंगिक समानताको अधिकार हो । नेपालमा पुरुष मात्र काम गर्ने र महिलालाई खाना बनाउन मात्र राख्ने गरेको पाइन्छ । त्यो अवस्था अब रहिने छैन । अब बिस्तारै जनतामा चेतनाको विकास भइरहेको छ । महिला र पुरष मिलेर काम गर्ने हो भने हाम्रो देशबाट पनि छिट्टै गरिबी हट्छ, देशको व्यापक विकास हुनेछ ,’ उनको भनाइ छ ।