लिलाकान्त यादव,
राजविराज, ०७ भाद्र ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर –०७ निवासी सुशिल मण्डलको छोरा बर्ष १७ को ध्रुव कुमार मण्डल मृत्यू भएको थियो ।
युवकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर बजार तनावग्रस्त बनेको छ ।
बिहीबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका–५ योगिनियामा बसको ठक्करबाट २२ वर्षीय धुरुप मण्डलको मृत्यु भएको थियो ।
योगिनियाँ स्थित भारदह–राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते मण्डललाई उपचारका लागि गजेन्द्र नारायणसिंह अस्पताल राजविराज ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
ईलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज पवन कुमार झा ले गोप्य ढंगले शवलाई बिना सहर जमिन मुचुल्का कुन मनसायले शवलाई राजविराज लगीयो भन्ने बिषयलाई लिएर आफन्त र स्थानियहरुले हनुमाननगर गोल चौक र इलाका प्रहरी कार्यालय अगाडि टाईर बालेर पुलिस मुर्दा बाद, घुसखोर प्रशासन मुर्दा बाद सहीत इलाका,बजार सहित चका जाम गरेको छ ।
शुक्रवार बेलुका ५ बजेसम्म सडक अवरुद्ध नै रहेको थियो।