रक्षाबन्धनका दिन दिदीवहिनीहरुले आफ्ना दाजु–भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखी को चलन र यस चाडको महत्त्व एकदमै बढी रहेको छ ।
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, “रक्षा“ र “बन्धन“। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ “सुरक्षाको गाँठो“ हुन्छ। यो चाड दाजुभाइ–दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदीबहिनी या दाजुभाइ मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदीबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाइको हातमा रक्षा बन्धनको धागो बाँधिदिने चलन छ। त्यसै गरि दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् र आफ्ना दिदीबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन्।
यो पर्व दाजुभाई दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो।रक्त सम्बन्ध भएका दिदीबहिनीहरु का लागि मात्र नभई हृदयले दिदीबहिनी मानिने सबैले यो रक्षाबन्धन पर्वमा दाजुभाइलाई राखी बाँधेर उनको सफलता ,सुस्वास्थ र खुसीको प्रार्थना गर्दै दाजु भाइको हातमा राखी बाँधिने विश्वास रहिआएको छ । पौराणिक युगबाट नै शुरु भएको यो परम्पराको उल्लेख यम र यमुनाको कथा प्रसंग , श्री कृष्ण र द्रौपदीको कथा प्रसंग , माता लक्षमी र राजा बलि को कथा प्रसंग र शुभलाभ र माता संतोषीको कथा प्रसंग सनातन धर्मशास्त्रमा वर्णित छ।
रक्षाबन्धन को हार्दिक शुभकामना।