लिलाकान्त यादव,
राजविराज, २९ साउन ।
जिल्ला सप्तरी शम्भुनाथ न.पा.५ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको मधेश प्रदेश –०३–००१ ख ८१८१ नं. को क्लिङकर लोड गरेको १२ चक्के ट्रक दुर्घटना भएको छ ।
मोहनपुर पुल बाट अ.१५÷२० मिटर तल खसि दुर्घट्ना हुदा चालक जिल्ला मोरङ उर्लाबारी न.पा. १ बस्ने अ.बर्ष २५ को सबिन राई उक्त ट्रकको भित्रनै चेपिन गई घट्नास्थलमानै मृत्यु भएको छ । लास निकाल्नको लागि क्रेन र जेसिबिको सहयोगमा निकाल्ने कार्य भईरहेको प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. ढुण्डीराज अधिकारीले जनाएको छ ।