ईमधेश न्यूज सम्वाददाता, जनकपुरधाम, १२ माघ ।
मधेश प्रज्ञा प्रतिष्ठान द्वारा छैठो बलिदानी दिवसको अवसरमा प्रदेश स्तरीय कवि गोष्ठीको आयोजना गरिएको हो । मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कपडीको अध्यक्षता तथा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादवको उपस्थितिमा सम्पन्न भएको छ । गोष्ठीमा प्रदेश भरिका कबि तथा कवियात्रीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य दिनेश यादवले प्रतिष्ठानका स्थापनाले मधेश प्रदेशमा भाषा साहित्य संस्कृति लगायत विभिन्न विधामा लागेका विद्वानहरुको उच्च सम्मान हुन लागेको बताएका छन् । भाषा, साहित्य, कला, संस्कृति, गीतसंगीत लगायतका विद्याहरु तथा सो कार्यमा लागेका व्यक्तीहरुको संरक्षण समद्र्धनको जिम्मेवारी प्रदेश सरकारले आफुहरुको काँधमा दिएको हुनाले जसरी भए पनि निर्वाह गर्ने बताएका छन । खुला कवि गोष्ठीमा प्रदेशमा बोलिने मैथिली, भोजपुरी, मगही, नेपाली, बजिका, हिन्दी लगायतका भाषामा कबिता बाचन भएको थियो। सहभागि सबै कबि तथा कवियात्रीहरुलाई प्रतिष्ठानले प्रमाणपत्र दिएका थिए ।
उक्त कार्यक्रममा प्रतिष्ठान अधिकृत रामह्दय यादव, कवियात्री साधना झा, कवि ध्रुव मंडल, साहित्यकार सुनिल मल्लिक लगायतका उपस्थिती रहेको थियो । कार्यक्रम संचालन दानी कान्त झाले गरेका थिए र सो कार्यक्रमलाई समापन गर्दै प्रष्ष्ठिानका अध्यक्ष कापरीले यस क्षेत्रमा लागेका विद्धानहरुलाई प्रष्तिठानले अगामी दिनमा पुरस्कृत समेत गर्ने बताएका छन ।