लिलाकान्त यादव,
राजविराज, ११ माघ ।
नेपालको विशाल नदीको पश्चिमी तथा पूर्वी छेउको विभिन्न स्थानहरुमा कोशी स्नान मेला भव्य रुपमा सम्पन्न भएको छ ।
हरेक वर्षको पौष पुर्णिमाको दिन लाग्ने कोशी स्नान मेलाहरु सप्तरीको सप्तकोशी नपाको मैग्दिन चुरिया, कंचनरुपको पथरी, झनकट्टा, मलकौर र हनुमाननगर कंकालिनी नपाका भारदह स्थित कोशी ब्यारेज, भलुवा तथा हनुमाननगर आदि स्थानमा भव्य रुपमा सम्पनन भएको हो ।
सप्तरीमा मुख्यतः दुईवटा प्रसिद्ध मेलाहरु कोशी ब्यारेजको मेला सौन्दर्य तथा मनोरम दृष्यको प्रतिक र मैग्दिन चुरिया मनोरञ्जनको प्रतिक प्रसिद्ध मेलाहरुमा पचास हजार भन्दा वढी मानिसहरुको उपस्थिती रहेको थियो । सप्तरीको कोशी ब्यारेज मेलामा मोरङ्ग, सुनसरी, सप्तरी, सिरहा, धनुषा तथा भारका सुपौल, मधेबनी जिल्लाका लाखौं मानिसहरुले मेला भर्न आएका थिए ।
्कोशी ब्यारेजका मेलामा कोशी स्नान गर्न मात्र नआएर ब्यारेजका अद्भूत बनावट, जलप्रवाहको मनोरम दृष्य तथा नदीमा बोटिङ्(नदीमा ढुंगाबाट विचरण) गर्ने उद्देश्यले पनि आएका थिए । कोशी ब्यारेजका मेलामा खासगरी पश्चिमी छेउमा ठाउँको अभावमा मेला भर्न आएका व्यपारी तथा मेला डुल्न आएका यात्रीहरुलाई सास्ती भोग्नु परेको थियो । यसरी नै मेला भर्न आएका व्यापारीहरुलाई ठाउँ व्यवस्थाको अभाव र अत्याधिक कर असुलीका कारण सास्ती भोग्नु परेको थियो ।मेला ठेकेदारहरुबाट अत्याधिक कर बलजफ्त लिने गर्नाले मेलालाई विकृत पार्ने जस्ता कार्यहरु भएको जनगुनासो सुनियो ।