आज वेदपुराणमा बर्णित कोशी नदीको विभिन्न स्थानमा मेलाको आयोजना भएको छ । यो मेला हरेक वर्षको पौष पुर्णिमाको दिन लाग्ने परम्परा रही आएको छ । सप्तरीको सप्तकोशी नगरपालिकाको मेग्दीन चुरिया, कंचनरुप नपाको पथरी, झनकट्टा र मलकौर, हनुमाननगर कंकालिनी नपा १ भारदह स्थित कोशी ब्यारेज तथा भलुवा र हनुमाननगरमा आयोजना भएको देखिन्छ ।कुनै–कुनै स्थानहरुमा ३ दिन सम्म मेला लाग्ने गर्छ र यस्ता मेलाहरुमा विभिन्न प्रकारका मनोरंजन गर्ने नृत्यहरुको आयोजना तथा मदिरापान गर्ने पसलहरुको व्यवस्था गरिउका हुन्छन् । यद्यपि कोशी मेला यथार्थमा कोशी स्नान मेला हो ।
कोशी स्नान मेला मानिसको मन तथा शरीर शुद्धिकरण गर्ने मेलाको रुपमा प्रचलनमा आएको देखिन्छ । वैदिक सनातन धर्म (हिन्दुधर्म) को अनुसार खास नदीको खास तिथीमा स्नान गर्नाले मन तथा शरीर शुद्ध भई ईश्वर प्रति आफूलाई समर्पण गर्नु हो । अर्थात कोशी स्नान गर्नु भनेको इश्वरको श्रद्धाभक्ति गर्नु हो । तर अहिलेको अवस्थामा मेलामा विभिन्न प्रकारका मनोरंजनको व्यवस्था, मदिरा तथा माछामासुको पसलको व्यवस्था आदि गरेर मेलाबाट अधिक कर अशुल गर्ने मेला आयोजक समितिहरु सक्रिय भएका हुन्छन् । यस प्रकारका आयोजन गर्दा समाजमा पर्ने नकारात्मक प्रभाव बारेमा ध्यान पु¥याउन नसक्दा मेला विकृत हुदै गएको देखिन्छ ।
कोशी स्नान मेला भन्नाले मन तथा शरिरको शुद्धिकरण गरी इश्वर प्रति भक्तिभाव देखाउनु मात्र नभई मिथिलाको संस्कृति पनि भएको हुदाँ मेलालाई विकृत दिशामा लानु भन्दा पनि मेलालाई धार्मिक विशेषतालाई उजागर गर्दै यसका आध्यात्मिक महत्व बारेमा मानिसमा संदेश दिन प्रयन्त गर्नु पर्ने आवश्यकता छ । त्यसैले कोशी स्नान मेलालाई धार्मिक मेलाको रुपमा अंगालिनु पर्छ । मनोरंजनको मेला रुपमा नलिएर स्नान मेलाको रुपमा लिनु पर्छ