भूपदेव माली,
राजविराज १२ बैशाख ।
हाट–बाजार, यात्रु सवारी साधन, सार्वजानिक कार्यक्रम र मठमन्दिरहरुमा सामाजिक दुरी तथा मास्कको अभावमा कारोना सक्रमण बढदै गएको छ ।
कोभिड १९ कोरोना महामारीको पूनः आगमनले दक्षिण एशियाका केही देशहरु आक्रान्त भएको बेलामा पनि हाम्रै लापर्वाहीका कारण देश पूनः जोखिममा पर्न गएको हो ।
सरकार तथा जनताले अझै पनि स्वास्थ्य सुरक्षामा ध्यान पुर्याएन भने निकट भविष्यमा विकराल स्थित उत्पन्न हुने स्वास्थ्यकीले बताउँछन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २९२ को पीसीआर परिक्षण गर्दा ३ हजार ३२ जना र ७८६ को एन्टिजेन परिक्षण गर्दा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका थप २८ जनाको मृत्यु भएको छ।यसँसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।