ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, २० मंसिर ।
केपी ओली कप टी ट्वेंटी क्रिकेट प्रतियोगितामा ऐतिहासिक जीत हासिल गरेको मधेश प्रदेश टिमका खेलाडी एवं पदाधिकारीहरुलाई मुख्यमंत्री सरोजकुमार यादवले बधाई दिनुहुंदै बुधवार वहांहरुलाई भावपूर्ण सम्मान गर्नुभयो ।
आबदेखि नै खेलकुद विकासको लागि आफू प्रतिवद्ध भएको दृष्टांत अघि सार्दै उहांले प्रदेशका खेलाडीहरुलाई सुविधा दिएर हरेक जिल््लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने जानकारी दिनुभयो ।
सो अवसरमा प्रदेशका विजयी टिमलाई रु पांच लाख प्रोत्साहन स्वरुप प्रदान गरिने घोषणा पनि मुख्यमंत्री यादवले बताउर्नु ुभयो ।
उक्त अवसरमा मुख्यमंत्री यादव, प्रदेश सभा सदस्य रामअशिष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडीहरु, प्रशिक्षक एवं पदाधिकारीहरुलाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।
पोखरामा मंसिर १५ गते भएको रोमांचक फाइनलमा मधेश प्रदेशले दस जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेको थियो ।
यस अघि धनुषा जिल्ला क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले सम्मानबाट खेलाडीहरु उत्साहित भएको बताउनुभयो ।
नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले खेलाडीले सारा देश र प्रदेशलाई खुशी दिन्छ तसर्थ खुशीयाली दिनेहरुका खुशीको बाटो खोल्न, खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न मुख्यमंत्रीसंग आग्रह गर्नु भयो ।