ईमधेश न्यूज सम्वाददाता,
राजविराज, ०४ कार्तिक ।
रुपनीको तेर्हौतामा एक युवकको झुन्डिएको अवस्थामा शव भेटिएको छ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं ६ तेरहौतामा पासो झुन्डिएको अवस्थामा भेटिएका शव ३५ बर्षिय एक साह परिवारका युवाको शव रहेको पहिचान भएको हो।
भेटिएका उक्त शव स्थानीय उत्तिमलाल साहको छोरा संतोष साह रहेको पुष्टि भएको छ।
घरदेखी ८ सय मिटर पश्चिम आँप बगैंचामा डोरिको पासो लगाएर झुन्डिएको अबस्थामा साहलाई घर परिवारका मानिसहरुले मृत भेटिएको प्रहरीले जनाएको छ ।
आइतबार राती गाउँका अगुवाहरुबाट दुर्व्यवहारमा परेपछि परिवारसंगै सुतेको बेला कसैलाई थाहा नदिई घरबाट निस्किएका उनलाई खोजी गर्ने क्रममा झुन्डिएको अबस्थामा सोमबार विहान मृत भेटिएको स्थानीयले बताएका छन् ।
दुई छोराको बुवा समेत रहेका स्वर्गीय साहको पत्नी संग केहि समयदेखि सम्बन्ध विग्रीएको स्थानीयको भनाइ छ । श्रीमतिलाई समाजको दवावमा इलाका प्रहरी कार्यालय रुपनीमा आइतबार मिलापत्र गरि पुनः साहको जिम्मा लगाएर राती ८ बजे दुबैदम्पतिलाई रुपनी ६ कलुवा स्थित घरमा ल्याइएको थियो ।सम्बन्ध बिग्रीएकी श्रीमतिलाई घरमा ल्याउनुपर्दाको पिडाले सताइएका उनलाई गाउँ समाजबाट समेत हातपात तथा दुर्व्यवहार गरिएकोमा आफूलाई अपमानित भएको मानसिक तनावमा आएर आत्महत्या रोजेको हुनसक्ने आशंका स्थानीय बासीको छ ।
स्वर्गीय साह ९ बर्ष वैदेशिक रोजगारीबाट ४–५ महिना अगाडि मात्र स्वदेश पर्किएको हुदां यस अघि पत्नीको चालचलन बिग्रिएको स्थानीयले बताएका छन् । मृतक साहको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्र नारायण अंचल अस्पताल पठाएको छ ।